Comments Add Comment

अस्ट्रेलियामा नेपाली बालबालिकाले निकाले तिहार गीत

सिड्नी । सिड्नीमा रहेकी बाल गायिका दीप्सी भट्टको तिहार गीत हालै सार्बजनिक भएको छ । ‘मखमली फुल्यो सयपत्री फिल्यो’ बोलको गीत नेपालीहरुको बाक्लिदै गएको बस्ती एडमनसनपार्कमा छायांकन पनि गरिएको छ ।

देउशी भैलो खेल्न आएका बालबालिकाहरुले गाउँदै गरेको दृश्य स्थानीय रमेश बस्ताकोटीको घरमा छायांकन गर्दा छिमेकीहरुलाई नेपालमै देउशी सुरु भएको अनुभव भएको थियो ।

बालकलाकार दिप्सी भट्टलाई अर्का बालकलाकार प्रिन्स सिलवालले स्वरमा सघाएका छन् । जीबन कार्कीको शब्द रचनालाई रमेश पाठक र नरेन्द्र वियोगीले संगीत दिने तथा संयोजन गर्ने काम गरेका छन् ।

दर्जन बढी नेपाली बालबालिकाहरु तथा अविभावकहरु सहभागी भएको यो गीतको दृश्य छायांकन दिपेन्द्र भट्टले गरेका छन् । सिड्नीमै केही हप्ताअघि सार्बजनिक भएको म्युजिक भिडियो  ‘हाम्म पापा’मा पनि स्वर दिएकी दिप्सीलाई सोही भिडियोमा देखिएकी बिहानी र भरोशा बानियाले कोरसमा साथ दिएका छन् ।

नृत्यमा अस्ट्रेलियाको नेपाली समाजमा स्थापित भएका स्वेता र सूचना पौडेल दिदीबहिनिले समग्र भिडियोमा बालकलाकारहरुका लागि कोरियोग्राफी गरेका छन् ।

रेस्ट रियल स्टेट, डेस्टिनेशन फाउन्डेसनलगायत पश्चिम सिड्नीका स्थानीय ब्यबसायले यो म्युजिक भिडियो तयार गर्न आर्थिक तथा ब्यबस्थापकीय सहयोग गरेका छन् ।

पश्चिम सिड्नीको अबर्न नर्थ पब्लिक स्कूलमा कक्षा ५ मा अध्ययरत दिप्सी तीन/चार वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् । उनी नेपाली लगायत अन्य भाषाका गीत पनि गाउछिंन र नाच्छिन्।

पछिल्लो पटक प्रबाशमा नेपाली भाषा सँस्कृतिको समिश्रणका लागि यहाँ हुर्किरहेको दोश्रो पुस्तालाई सक्रिय बनाउने क्रम सुरु भएको छ ।

केही हप्ताअघि ब्रिसबेनमा अस्ट्रेलिया र न्युजिल्याण्डका नेपाली बालबालिकाहरुको नृत्य प्रतियोगिता भएको थियो । तिहारको माहोलमा निर्माण भएको ‘मखमली फूल्यो सपत्री फूल्यो’ गीतको यो बाल म्युजिक भिडियोले प्रवासमा नेपाली भाषा र सँस्कृतिको बासना हरर बढाउने यहाको नेपाली समाजले बिस्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment