+
+
Shares

नेदरल्यान्ड्सको पहिलो हार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते १९:४०

७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्स पपुवा न्युगिनीसँग पराजित भएको छ ।

बिहीबार समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै पपुवा न्युगिनी शीर्ष स्थानमा उक्लिएको हो । नेदरल्यान्ड्सको यो पहिलो हार हो ।

१२७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पपुवा न्युगिनीले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । पपुवा न्युगिनीका लागि कप्तान असद भालाले ३७ र सेसे बाउले नटआउट ३४ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका रोइलोफ भान डेरले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १२६ रन बनाएको थियो । उसका लागि टिम भान डेर गटेनले अविजित ४० रन बनाए ।

जितसँगै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको पपुवा न्युगिनीले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेट रनरेटमा पछि परेको नेदरल्यान्ड्सको पनि समान खेलबाट तीन खेलमा जित र एक खेलमा हारसहित ६ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?