+
+
Shares

ट्रकमा मृत भेटिएका ३९ नै चिनियाँ नागरिक, चीन र बेलायत किन मौन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते ८:००

८ कात्तिक, काठमाडौं । बेलायतमा एउटा ट्रकभित्र मृत भेटिएका सबै चिनियाँ नागरिक भएको खुलेको छ ।

बेलायती सञ्चार मध्यमहरूले स्रोतको हवाला दिँदै मृत भेटिएका सबै चिनियाँ नागरिक भएको जनाएका छन् ।

यद्यपि, आप्रवासन कार्यालयले यसबारे औपचारिक रूपमा केही बताएको छैन । शवको पहिचान आफूहरूको प्रारम्भिक कार्य भएको त्यहाँ कार्यरत प्रहरीको भनाइ छ ।

घटनाबारे चिनियाँ र बेलायती दुवै पक्षको प्रतिक्रिया आउन बाँकी छ ।

बुधबार पूर्वी लन्डनको ग्रेजमा ट्रकको पछाडि ३९ शव भेटिएको थियो । शव भेटिएको १ दिनपछि ती चिनियाँ नागरिक भएको खुलेको हो ।

मृतकमध्ये ३८ बयस्क र १ जना किशोर रहेको अधिकारीहरूले जनाएका छन् । यी चिनियाँ नागरिक बेल्जियमबाट डुंगामा आएको बताइएको छ ।

शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाइ छ ।

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?