Comments Add Comment

अशिष्मा र आर्यनको ‘जस्मिन’

चलचित्र ‘जस्मिन’को फस्टलुक रिलिज भएको छ । प्रेमकथामा आधारित यो चलचित्रमा नायक आर्यन अधिकारीलाई देख्न सकिन्छ । एक संघर्षरत संगीतप्रेमीको कथामा यो चलचित्र बनेको छ । शंकर कार्की चलचित्रका निर्देशक हुन् ।

एक अन्जान पात्रले एक संगीतप्रेमीलाई कतीसम्म सहयोग गर्छ भन्ने कथामा यो चलचित्र बनेको छ । निर्देशक कार्की भन्छन्–‘संगीतप्रेमीको यात्रा, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध र पारिवारिक कथामा चलचित्र बनेको छ ।’

चलचित्रमा नायिका अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल लगायतका कलाकारकोमुख्य भूमिका छ । मेनका फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा किरण माइकलको लेखन, अष्ट महर्जनको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । चलचित्रको ७५ प्रतिशत छायांकन नेपालमा सकिएको छ । २५ प्रतिशत छायांकन भने चीनमा खिचिनेछ । चलचित्रको बजेट करिब ३ करोड पुगेको छ । यसको प्रदर्शन मिति तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment