Comments Add Comment

खोलेमा डुबेर दुई वर्षे बालकको मृत्यु 

८ कात्तिक, इलाम । माइजोगमाई-५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर मृत्यु भएको छ ।

सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महिनाका छोरा मडित राउतको खोलेमा डुबेर मृत्यु भएको हो ।

बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्‍याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment