Comments Add Comment

पूर्वप्रहरी महानिरीक्षक सिंहको अन्त्येष्टि

८ कात्तिक, काठमाडौं । बिहीबार मृत्यु भएका पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार अन्त्येष्टि गरिएको छ । सिंहको ८२ वर्षको उमेरमा बिहीबार साँझ ह्याम्स अस्पतालमा मृत्यु भएको थियो ।

सिंहको अन्त्येष्टिमा निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्ववरिष्ठ प्रहरी अधिकृतहरुले सिंहको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका  थिए ।

सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । उनको पार्थिव शरीरमा कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिएका थिए ।

बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४  फागुन १ गते जन्मिएका सिंहका २ छोरा र २ छोरी छन् । सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment