+
+
Shares

प्रेम र आयुष्माको ‘प्रेम संसार’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १५:४९

प्रेम बहादुर सुनारको प्रस्तुतिमा तयार भएको चलचित्र ‘प्रेम संसार’को फस्टलुक रिलिज भएको छ । यो चलचित्रलाई राम गौतमले निर्देशन गरेका हुन् । चलचित्रमामा प्रेम बहादुरकै कथा, लेखन तथा निर्माण छ । चलचित्र ‘प्रेम संसार’मा प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘प्रेम संसार’लाई मंसिरको १३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । चलचित्रले मायाको कथा भन्ने यसका मुख्य कलाकार प्रेम सोनीले बताए ।

सोनीले भने–‘चलचित्रको नामैले पनि यसको कथामा माया छ भन्ने थाहा हुन्छ । हामीले लभ स्टोरी कथालाई दर्शकको मन छुने तरिकाले बनाएका छौ ।’ चलचित्रको फस्टलुकमा प्रेम र आयुष्माको प्रेमलाप देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?