+
+

टोखा नगरपालिकामा प्राइम कमर्सियल बैंकको दुई शाखा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १८:१२

८ कात्तिक, काठमाडौं । शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा शाखाहरुको शुभारम्भ गरेको छ । यस शाखाहरुको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।

स्थ्ाानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक श्री मनोज पौडेलले बानियांटार शाखाको उद्घाटन गरे ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आˆनो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?