Comments Add Comment

प्रधानमन्त्री ओलीबाट बाङडुङ सिद्धान्तमाथिको छलफलको अध्यक्षता   

८ कात्तिक,  अजरबैजान । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको शुक्रबार स्थानीय समयानुसार अपराह्न अध्यक्षता गरेका छन्  ।

नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ । बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ ।

असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिएका हुन् । उनले १९ औँ राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म सो बैठकको अध्यक्षता गर्ने छन् । प्रधानमन्त्री ओलीले २० औँ सरकार प्रमुखका रुपमा सो छलफललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपछि राष्ट्रपति अलियेभले पुनः अध्यक्षता लिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment