Comments Add Comment

कास्की–२ को उपचुनाव : विद्याको राजनीतिक पुनरागमन

विद्यार्थी आन्दोलनबाट छुट्यो, माननीय बन्ने बाटो जुट्यो

८ कात्तिक, पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कास्की कमिटीले प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । यसलाई नेकपाको सचिवालयले औपचारिकता दिन भने बाँकी छ ।

तर दिवंगत नेता रवीन्द्र अधिकारी पत्नी भट्टराईको राजनीतिक पुनरागमन भएको मानिएको छ । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ मा विद्यालाई रवीन्द्रको उत्तराधिकारीका रुपमा हेरिएको थियो ।

तर एकाएक नेकपाका सचिवालय सदस्य बामदेव गौतम उम्मेदवार हुने चर्चा आयो, जसमा नेकपाका शीर्ष नेताहरुको सहमति रहेको भनिएको थियो । चौतर्फी आलोचना हुनुका साथै परिणाम अनुकुल नआउने देखेपछि पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतम आफैंले चुनाव नलड्ने घोषणा गरे ।

शुक्रबार नेकपा कास्कीले रवीन्द्रले ह्याट्रिक मारेको कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय ग¥यो । बैठकमा । नेकपा कास्की अध्यक्ष कृष्ण थापाले भठ्टराईको नाम प्रस्ताव गरेका थिए । ‘मेरो प्रस्तावमा सबै साथीहरुले सहमति जनाउनु भयो,’ अध्यक्ष थापाले भने ।

बैठकमा ३८ जनाले प्रस्तावमाथि राय राखेका तिए भने ६८ जनाले लिखित । यसरी धारणा राख्नेमा केही टिकटका आकांक्षी पनि थिए । पूर्व सांसद सोमनाथ प्यासी कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहन्थे । तर, उनको नाम निर्वाचन आयोगको समानुपातिकको सूचीबाट नहटिसकेकाले प्राविधिक समस्या थियो । रवीन्द्र अधिकारीका सहपाठी धनराज आचार्य पनि विद्या नउठ्ने अवस्थामा उम्मेदवार बन्ने होडमा थिए । नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ, सहइन्जार्च श्रीनाथ बराल, पूर्व सांसद तुलबहादुृर गुरुङसम्म नेकपाका आकांक्षी थिए । तर रवीन्द्र पत्न्नी विद्यालाई उम्मेदवार बनाउने शर्तमा सबैले दाबी छाडेका छन् ।

राजनीतिमा पुनरागमन

विद्यार्थी आन्दोलनबाट राजनीतिमा होकिएकी विद्या रवीन्द्रसँग विवाह भएपछि राजनीतिबाट टाढा भएकी थिइन् । ‘४६ सालको आन्दोलन चलिरहेको थियो । एसएलसी पास भएपछि ४७ सालमा पद्मकन्या क्याम्पसमा पढ्न भएर सक्रिय राजनीति थालेकी थिएँ । रवीन्द्र केन्द्रीय समिति सदस्य भइसक्नु भएको थियो । विवाहअघि अखिलमा उहाँ महासचिव र म सचिव थिएँ,’ विद्याले अनलाइनखबरसँग भनेकी थिइन्, ‘दुवै जना राजनीतिमा हुँदा विविध अप्ठ्यारो परेपछि योगेश भट्टराई दाइसँगको सल्लाहमै म अनेमा संघ हुँदै सक्रिय राजनीतिबाट टाढा भएकी थिएँ ।’

रवीन्द्रको निधनपछि धेरैले उनलाई राजनीतिमा आउन आग्रह गरे । आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक विद्याले पनि फेरि राजनीतिमा फर्कनसक्ने आधार रहेको तर उम्मेदवार बन्ने नबन्ने निर्णय लिइनसकेको बताएकी थिइन् । चुनावी सारगर्मी बढ्दै गएपछि केन्द्रीय नेताहरुले समेत आग्रह गरे । विद्या नै अबको उपयुक्त उम्मेदवार भएको कार्यकर्ता तथा केन्द्रदेखि जिल्लासम्मका नेताहरुको राय थियो । उनले पनि चुनाव लड्ने मनस्थिति बनाएइन् ।

विद्याको नाम सम्र्वसम्मत रुवमा सिफारिस गरेसँगै जीत सुनिश्चित रहेको नेकपा कास्की अध्यक्ष थापाले दबी गरे । ‘कास्की २ मा यसै पनि हाम्रो राम्रो छ । रवीन्द्र अधिकारीको सपना पूरा गर्न विद्याजी उम्मेदवार बनेपछि झन् भारी अन्तरले जित्ने पक्का भयो,’ अध्यक्ष थापाले भने, ‘रवीन्द्र पत्नी भएका कारण नभइ योग्य र क्षमतावान भएकाले विद्यालाई सिफारिस गरिएको हो ।’

नेकपाको प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसले पनि उम्मेदवारका १६ जना आकांक्षीको नाम केन्द्रीयमा सिफारिस गरेको छ । कांग्रेसले ३ जना मागेको भएपनि कास्की कमिटीले सबै आकांक्षीको नाम सिफारिस गरेको छ । यस्तै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा यसको अधिकांश वडामा नेकपाले जितेको थियो । वडा नम्बर वडा नम्बर ४, ९ र ११ मा भने कांग्रेसले जितेको छ । २०७४ सालको निर्वाचनमा कास्की २ मा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले ७२ हजार मतदाता पुगेका छन् । अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment