Comments Add Comment

साह हत्या बिरोधमा पेट्रोल पम्पहरु बन्द

९ कात्तिक, काठमाडौं । जनकपुरधामका पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको बिरोधमा शनिबार (आज) प्रदेश २ भरिकै पेट्रोल पम्प बन्द गरिएको छ ।

आफ्ना सदस्य साहको हत्या बिरोधमा पेट्रोलियम डिलर्स एशोसिएशनको आह्वानमा पेट्रोल पम्प बन्द गरिएको छ । धनुषाका पेट्रोल पम्पहरु विहानैदेखि बन्द रहेका छन् भने धनुषाबाहेकका सात जिल्लाका पम्पहरु दुई घण्टाका लागि बन्द गरिएको छ ।

धनुषाका पम्पहरु दिनभर बन्द रहनेछ भने बाँकी सात जिल्लाका पम्पहरु मध्यान्ह १२ बजेदेखि २ बजेसम्म बन्द रहने एसोसिएसनका अध्यक्ष बिष्णुदेव साहले जानकारी दिए ।
पेट्रोल पम्पहरु बन्द भएपछि उपभोक्ताहरु समस्यामा परेका छन् । जनकपुरधाम १४ मुजेलिया निवासी पंकज चौधरीले लिएको डिजल वापतको रकम माग्न जाँदा बुधबार चौधरीले गोली प्रहार गरी साहको हत्या गरेका थिए ।

एसोसिएशसनले पेट्रोलियम पदार्थको रकम भुक्तानीको माग गर्दा व्यवसायीमाथि नै गोली प्रहार गरी हत्या गर्नु अपराधिक प्रबृत्तिको उच्चतम नमूना भएको जनाएको छ । यसले सम्पूर्ण पेट्रोलियम व्यवसाय क्षेत्र असुरक्षित बन्दै गएको उसले जनाएको छ ।

घट्नाको भत्र्सना गर्दै अध्यक्ष साहले यो घट्नाले पेट्रोलियम व्यवसाय मात्र नभएर सम्पूर्ण नीजि क्षेत्रमा त्रास उत्पन्न भएको बताएका छन् । साहले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गम्भीर भई कार्य गर्नेतर्फ ध्यानाकर्षण गराउँदै गोली प्रहार गर्नेमाथि कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment