९ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार विकासमा लक्ष्यभन्दा बढी नै काम भएको दाबी गरेका छन् । सञ्चार माध्यमहरमा सडकमा खासै प्रगति नभएको खबरहरु आएपनि एक वर्षमा हजार किलोमिटर त सडक मात्र बनेको उनले बताए ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री महासेठले पूर्वाधार विकास र त्यसमा पनि सडकको काम भइरहेको उनले बताए ।
सामाजिक सञ्जालमा काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको तस्वीर समेत सार्वजनिक गर्ने गरिएको उनको गुुनासो छ । यद्यपि आफूहरुले त्यसलाई पनि नकारत्मक रुपमा नलिएको भन्दै मन्त्री महासेठले भने, ‘यो देखेर हामी सतर्क हुन्छौं ।’
हुलाकी, मध्य पहाडी लगायतका राजमार्गहरु समयभन्दा पहिले नै सम्पन्न गर्ने गरी काम भइरहेको उनले बताए ।
रेलमा पनि लक्ष्यअनुसार काम गरिरहेको उनको दाबी छ । ‘पूर्व-पश्चिम रेलमार्ग निर्माणको पनि काम सन्तोषजनक छ । काठमाडौं-केरुङ रेलमार्गमा पनि चरणबद्ध रुपमा प्राविधिक काम गर्दैछौं । अब फिजिविलटी गर्छौं । काठमाडौं-विरगन्ज रेलमार्गको लागि पनि काम भइरहेको छ, उनेल भने ।
सुरुवातका दिनमा केही बाधा भएपनि अब सरकारको कामको नतिजा देखिन थालेको भौतिक पूर्वाधारमन्त्री महासेठले बताए । उनले थपे, ‘पहिले काममा केही बाधा र अड्चन थिए । अहिले त्यसलाई हटाएका छौं । कानूनहरु संशोधन गरेका छौं । राम्रो काम गर्नेलाई पुरस्कार र खराब गर्नेलाई कारबाही गरिरहेका छौं । निर्माण व्यवसायी साथीहरु अहिले गम्भिर हुनुहुन्छ ।’
काठमाडौंलाई व्यवस्थित गर्ने भन्दै मन्त्री महासेठले यसका लागि दुई महिना समय मागेको बताए । ‘म आएको १९ महिना भयो । अब दुई महिना समय मागेको छु’ उनले भने, ‘अहिलेपनि हामीलाई काम गर्न समस्या छ । तर, काठमाडौं उपत्यकाभित्रका सबै सडकहरु व्यवस्थित गर्छु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4