Comments Add Comment

बर्दिबास र जुगेडीमा सरकारी तौलपुल स्थापना गर्ने तयारी

९ कात्तिक, काठमाडौं । सरकारले मालबाहक सवारीको तौल जाँच तौल पुल स्थापना गर्ने भएको छ ।

तौलपुल स्थापनाका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

गत वर्षबाटै प्रक्रिया थालिने भनिएपनि सम्झौता गरेको कम्पनीले धोका दिएपछि काम अघि बढेको थिएन । अब पुनः टेन्डर आहृवान गरेर तौलपुल स्थापनाको प्रक्रिया सुरु गरिएको विभागका निर्देशक तथा प्रवक्ता तिर्थराज खनालले बताए ।

विभागका अनुसार महोत्तरीको बर्दिबास र चितवनको जुगेडीमा तौलपुल स्थापना गरिनेछ । मुग्लिन नारायणगढ सडकखण्डलाई लक्षित गरी जुगेडी र वीपी राजमार्गलाई लक्षित गरेर बर्दिबासमा तौलपुल राख्न लागिएको खनालले बताए ।

‘राजमार्गमा धेरै भार बोकेर आउने सवारी साधानलाई नियन्त्रण गर्न यसतो पुल चहिएको हो’ उनले भने ।

सरकारले राजमार्गहरुमा सवारीको एक्सलअनुसार भार क्षमता तोकेको छ । तर, सरकारको आफ्नो तौलपुल छैन, व्यवसायीहरुले चलाएको तौलपुलमा भर पर्नुपर्छ । त्यसमा चलखेल गरेर राजमार्गमा अधिक भार बोकेका सवारी गुड्ने र यसले सडकहरु छिट्टै जिर्ण हुने सडक विभागका अधिकारीहरु बताउँछन् । नवलपरासीको दाउन्ने, काठमाडौंको नागढुंगा लगायतका सडकखण्डमा छिट्टै सडक विगि्रनुमा यसको पनि भूमिका रहेको उनीहरुको तर्क छ ।

त्यसलाई रोक्न ६ महिनामा तौल पुलहरु सञ्चालनमा ल्याउने सडक विभागको योजना छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment