Comments Add Comment

पन्तको स्पष्टीकरणः लाप्राकको वस्ती निर्माणबाट एनआरएनए पन्छिन मिल्दैन

९ कात्तिक, गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमूना वस्ती निर्माणको जिम्मेवारीबाट नपन्छिने बताएका छन् ।

उनीभन्दा अघिल्ला अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालको अन्तिम दिन लाप्राक बस्ती निर्माणबाट हात झिक्ने निर्णय गरेका थिए । त्यसअनुसार उनले पुनर्निर्माण प्रधिकरण र धार्के गाउँपालिकासँग सहमति पनि गरेका छन् ।

तर नयाँ अध्यक्ष पन्तले भने एनआरएन जिम्मा लिएको कामबाट पन्छिन नमिल्ने बताए ।

शनिबार गृहजिल्ला गोरखा आएका पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुई महिनाभित्र लाप्राकको वस्ती निर्माणको काम सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ‘सम्झौता अनुसारको हामीले गर्नुपर्ने काम लगभग सकिसक्यौं, अब पुननिर्माण प्राधिकरणले गर्नुपर्ने काम मात्र बाँकी छ ।’

राष्ट्रपतिको हातबाट वस्ती हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘अहिले शौचालय निर्माणको काम भइरहेको छ । ७० वटा बनिसक्यो, ३०० वटाको खाडल खनेर ढलान पभइसक्यो,’ उनले थपे, ‘स्थानीयले गर्नुपर्ने श्रमदान नगर्दा केही घरमा शौचालय बनाउने काम शुरु हुन सकेको छैन । अब त्यसलाई के गर्ने भनेर हामी छलफल गरिरहेका छौ ।’

वस्तीको सडक, विद्युत लगायतका आवश्यक पूर्वाधार निर्माणबारे पनि छलफल भइरहेको उनले बताए । ‘पुनर्निर्माण प्राधिकरण र हामी कसरी मिलेर काम गर्न सक्छौं भनेर छलफल भइरहेको छ’, अध्यक्ष पन्तले भने, ‘कति खर्च लाग्छ भन्ने एक हप्तामा टुङ्गन्िछ । त्यहीअनुसार समन्वय गरेर अघि बढ्छौं ।’

वस्तीको संरक्षण र दिगोपनका लागि गाउँपालिकासँग सहमति समेत गर्ने उनले बताए ।

यो पनि पढ्नुहोस लाप्राक बस्ती अधुरै छाडेर बाहिरियो एनआरएनए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment