Comments Add Comment

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्मजयन्ती मनाईदै

आईतबार देश तथा विदेशमा नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाईंदै छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसागै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।

देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता सङ्ग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ । उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ‘लक्ष्मी कविता संग्रह’लाई, काव्य-खण्डकाव्यहरूमा ‘मायाविनी सर्सी’ खण्डकाव्यलाई र महाकाव्यमा ‘प्रमिथस’ महाकाव्यलाई प्रतिनिधिमूलक कृति मान्ने गरिन्छ ।

विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका उनीलाई चर्चित भने नेपाली साहित्यले गरायो । नेपाली साहित्यमा नयाा प्रयोगसागै एक मूर्धन्य साहित्यकारको छवि बनाएका हुन् । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकोले उनलाई लक्ष्मीको प्रसादको रुपमा मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राण शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत परेका थिए । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए । अहिले उनी जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गराउनको लागि प्रक्रिया अघि बढाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment