+
+
Shares

रिहा भए र्‍यापर भिटेन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते २२:४७

८ कात्तिक, ललितपुर । चर्चित र्‍यापर भिटेन रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो ।

शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ ।

‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई  पक्राउ गरेको थियो ।

पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो ।

उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी थियो । तर बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेकाले छाडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?