Comments Add Comment

४६ शीर्षकमा कर तिर्छन् नेपालका व्यवसायी !

९ कात्तिक, काठमाडौं । डुइङ विजनेस इन्डेक्समा नेपालको सबैभन्दा कमजोर पाटो कर र यसको भुक्तानी प्रक्रियामा देखियो । इन्डेक्सले हेर्ने मुख्य १० क्षेत्रमध्ये करको मामला मुख्य हो । तर, यसमा नेपालको अवस्था अघिल्लो वर्षभन्दा पनि कमजोर देखिएको छ ।

डुइङ विजनेसमा नेपालको समग्र स्थान ९४ रहे पनि कर भुक्तानीसम्बन्धी सूचकांकमा नेपालको स्थान १ सय ७५ औं छ । तर, कर प्रशासन भने व्यापार-व्यवसायमा कर प्रक्रिया अझ सरलिकृत भएको तथा करका दर समेत वैज्ञानिक भएको दावी गर्छ ।

तथ्यांकअनुसार नेपालमा एक व्यवसायीले कूल मुनाफाको ४२ प्रतिशतसम्म विभिन्न शीर्षकमा कर भुक्तानी गर्नुपर्ने अवस्था छ । डुइङ विजनेस इन्डेक्सले उल्लेख गरेअनुसार नेपालमा नाफाको ४१.८ प्रतिशतसम्म कर र विभिन्न प्रकारका योगदानमा खर्च हुने गरेको छ । यो दर समग्र दक्षिण एसियाली मुलुकको तुलनामा कम भए पनि विश्वका धेरै मुलुकहरुको तुलनामा धेरै हो । दक्षिण एसियाली मुलुकमा व्यवसायीबाट भएको मुनाफाको औसतः ४३.९ प्रतिशत कर र विभिन्न योगदानमा खर्च हुने गरेको छ ।

नेपालमा एक व्यवसायीले वर्षभर विभिन्न ४६ वटा शीर्षकमा कर तथा अन्य योगदानमा भुक्तानी गर्नुपर्छ । यस्तो संख्या दक्षिण एसियाली समग्र मुलुकको तुलनामा झण्डै दोब्बर हो

तर, डुइङ विजनेसमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वका ३३ अर्थव्यवस्थामा मुनाफाको औसत २६.१ प्रतिशत भुक्तानी कर र विभिन्न प्रकारका योगदान गरे पुग्छ । नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्वअध्यक्ष नेपालमा व्यवसायीक वातावरण बनेको नभइ झनै खस्किएको टिप्पणी गर्छन् ।

‘राजस्व प्रशासन र करमा त गुनासो गरेर नसकिने समस्या छन्,’ उनले भने, ‘कागजमा प्रगति देखाएर हल्ला पिट्दैमा फिल्डका वास्तविक समस्या कम हुँदैनन् ।’

दक्षिण एसियाली मुलुकमध्ये व्यवसायीले व्यापार-व्यवसाय गरिसकेपछि सबैभन्दा राम्रो दरमा मुनाफा फिर्ता लैजान सक्ने मुलुक भुटान हो । पेइङ ट्याक्समा भुटानको विश्व वरियता १५ औं स्थानमा छ । सूचकांकमा चीन १ सय ५ औं र भारत स्थान १ सय १५ औं स्थानमा छन् ।

कर कुन-कुन शीर्षकमा ?

व्यवसायीले लागत कटाएर आर्जन गरेको आय नै मुनाफापछिको करका लागि योग्य हुन्छ । उदाहरणको लागि कुनै व्यवसायीले १ सय रुपैयाँ नाफा कमायो भने सोही रकमबाट उसले आयकर तिर्नुपर्छ । आयकर औसत १५.९८ प्रतिशत हुने इन्डेक्समा उल्लेख छ । रोजगारदाताले कर्मचारीको सामाजिक सुरक्षा कोषमा योगदान, बीमालगायत कर र योगदानमा झण्डै २६.२ प्रतिशतसम्म योगदान गर्न इन्डेक्समा उल्लेख छ ।

अन्य करहरु झण्डै १ प्रतिशत हुन आउँछ । यसप्रकार व्यवसायीले मुनाफाको उच्च योगदान करका माध्यमबाट गर्दा पनि व्यवसायको सुरक्षामा राज्य गम्भीर नभएकाले पेइङ ट्याक्सतर्फ नेपालको स्थान खस्किएको हो । नेपालमा सम्पत्ति कर, भूमि करलगायत शिर्षकमा पनि कर कट्टी हुन्छ ।

करका प्रकार औसत (प्रतिशतमा)

प्रोफिट ट्याक्स : १५

लेवर ट्याक्ट एण्ड कन्ट्रिब्यूसन्स : २६.२

अन्य : ०.७

औसत ४६ शीर्षकमा भुक्तानी

डुइङ विजनेसले उल्लेख गरेअनुसार नेपालमा एक व्यवसायीले वर्षभर विभिन्न ४६ वटा शीर्षकमा कर तथा अन्य योगदानमा भुक्तानी गर्नुपर्छ । यस्तो संख्या दक्षिण एसियाली समग्र मुलुकको तुलनामा झण्डै दोब्बर हो ।

उत्कृष्ट मुलुकमा भने औसत ३ वटा भुक्तानीमा करका धेरै शीर्षक पार हुन्छन् । नेपालमा औसत ४६ शीर्षकमा भुक्तानी गर्दा दक्षिण एसियाली मुलुकहरुको औसत २६.७ संख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment