 
																			१० कात्तिक, गोरखा । अपाङ्गता भएका कारण हिँडडुल गर्न नसक्ने व्यक्तिहरुलाई गोरखामा ह्विलचियर वितरण गरिएको छ । जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी २० जनालाई ह्विलचियर वितरण गरिएको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार ह्विलचियरको नापजाँच समेत गरिएको गोरखा नेत्रहिन संघका अध्यक्ष पवन बस्नेतले बताए । ‘यस अघि वितरण भएका ह्विलचियरहरु मापदण्ड अनुसार थिए की थिएनन् भन्ने पनि थाहा हुँदैनथ्यो, फेरि मान्छेको शारिरीक बनोट अनुसार मिल्ने पनि हुन्थेन,’ उनले भने, ‘तर अहिले मापदण्ड अनुसार नापजाँच पनि भयो, शारिरिक बनोट अनुसार फिट पनि छ ।’
ह्विलचियर नापजाँचका लागि तीन दिन तालिम सञ्चालन भएको उनले जानकारी दिए । ‘हामीले तालिम दिएका छौं, अब कसैले ह्विलचियर लिनुपर्यो भने नापजाँचका लागि उहाँहरुलाई सम्पर्क गर्न सक्नुहुन्छ, उहाँहरुले घरमै आएर सेवा दिनुहुन्छ,’ समाजका अध्यक्ष राकेश हमालले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4