Comments Add Comment

मनोहरलाल बने दोस्रो पटक हरियाणाको मुख्यमन्त्री

भारतीय जनता पार्टी (बीजेपी) का नेता मनोहरलाल खट्टरले आइतबार फेरि हरियाणाको मुख्यमन्त्रीको रूपमा पद र गोपनीयताको सपथ लिएका छन् । खट्टरसँगै जननायक जनता पार्टी (जेजेपी) प्रमुख दुश्यंत चटालाले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।

यी दुई बाहेक अरू कुनै पनि नेताले राज्यमन्त्रीको रूपमा शपथ लिएनन् ।

गभर्नर सत्यदेव नारायण आर्यले दुबै नेताहरुलाई पद र गोपनीयताको शपथ दिलाएका हुन् ।

खट्टर दोस्रो पटक हरियाणाका मुख्यमंत्री बनेका हुन् । यस अघि उनी सन् २०१४ मा मुख्यमन्त्री बनेका थिए र ५ वर्षसम्म राज्यका मुख्यमंत्री बनेका थिए ।

केही दिन अघि भएको विधानसभा चुनावमा कुनै पनि पार्टीले स्पष्ट बहुमत प्राप्त नगरेपछि भाजपा र जेजेपी मिलेर सरकार गठन गर्ने निर्णय गरेको हो ।

दीपावलीको दिन चण्डीगढ़मा खट्टरको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको थियो ।

शपथ ग्रहण समारोहमा जेजेपी नेता दुश्यंत चटालाका बुबा अजय चौटालाको पनि उपस्थिति रहेको थियो । उनी तिहाड जेलबाट फरुलोमा रिहा भई छोराको शपथ ग्रहण कार्यक्रममा सहभागि हुन पुगेका थिए ।

शिक्षक नियुक्ति घोटालामा अजय चटालाले तिहाड जेलमा सजाय भोग्दै आइरहेका छन् ।

यस अघि शनिबार भाजपा व्यवस्थापिका पार्टीको बैठकमा मनोहर लाल खट्टरलाई सर्वसम्मतिले व्यवस्थापिका पार्टीका नेता चुनिएका थिए । यसपछि मनोहरलाल खट्टर, दुश्यंत चटाला र केन्द्रिय मन्त्री रविशंकर प्रसादसँगै राज्यपाल सत्यदेव नारायणले आर्यलाई भेट्न राजभवन पुगी सरकार गठन गर्ने दाबी गरेका थिए । शपथ ग्रहण समारोहमा भाग लिन भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डालगायतका केन्द्रिय नेताहरु चण्डीगढ पुगेका थिए ।

यस बाहेक शिरोमणी अकाली दलका नेता सुखबीर सिंह बादल र प्रकाश सिंह बादल पनि कार्यक्रममा सहभागी भएका थिए ।

यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका कार्यकारी अध्यक्ष अमित शाह भने शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् ।

हालै सम्पन्न हरियाणा विधानसभा चुनावमा भाजपाले स्पष्ट बहुमत ल्याउन नसकेपछि दुश्यंत चटालाले नेतृत्व गरेको जेजेपी पार्टीसँग मिलेर सरकार बनाउने निर्णय गरेको थियो ।

करिब ११ महिना अघि गठन भएको जेजेपीले हरियाणा विधानसभा चुनावमा १० सीट प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment