Comments Add Comment

केन्यामाथि पीएनजीको रोमाञ्चक जित

१० कात्तिक, काठमाडौं । १९ रन जोड्दा ६ विकेट गुमाएर खराब अवस्थामा पुगेको पपुवा न्युगिनी (पीएनजी) उत्कृष्ट पुनरागमन गर्दै आईसीसी टी–२० विश्वकप प्रवेश नजिक पुगेको छ ।

आइतबार पीएनजीले केन्यालाई ४५ रनले पराजित गर्न सफल रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३.६ ओभरमा १९ रन हुँदा ६ विकेट गुमाएको थियो । पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ११८ रन जोडेको थियो ।

सातौं विकेटका लागि नोरमान भनुवा र सेसे बाउले ७७ रनको साझेदारी गर्दै टिमलाई १६.३ ओभरमा ९६ रनको स्थितिमा पु¥याए । तर बाउ १७ रन जोडेर आउट भए । लगत्तै भनुवा पनि ५४ रनमा आउट भए ।

११९ रनको सामान्य स्कोर पछ्याएको केन्या १८.४ ओभरमा सबै विकेटको क्षतिमा ७३ रनमा समेटियो । उसका लागि कप्तान असद भालाले चार ओभरमा सात रनमात्रै खर्चिएर तीन विकेट लिए । त्यस्तै, नोसाइना पोकनाले ३.४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर तीन विकेट लिए भने भनुवा र दामिन राभुले समान २–२ विकेट लिए ।
केन्याका इर्फान करिमले २९ र अमान गान्धीले अविजित १४ रनमात्रै बनाए ।

पपुवा न्युगिनीले समूह चरणमा पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १० अंक बनाएर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको पाँच खेलबाट चार खेलमा जित र एक खेलमा हारसहित ८ अंक छ ।

नेदरल्यान्ड्सले स्कटल्यान्डलाई भारी अन्तरले पराजित गरेमात्रै पपुवा न्युगिनी विश्वकप छनोटमा सिधै प्रवेश गर्नबाट वञ्चित हुनेछ । पपुवा न्युगिनीको नेट रनरेट २.०८६ रहेको छ । यता, नेदरल्यान्ड्सको भने १.८९१ नेट रनरेट छ ।

हङकङ विजयी

त्यस्तै, आइतबार नै भएको समूह ‘बी’ को खेलमा हङकङले नाइजेरियालाई पाँच विकेटले पराजित गरेको छ । ८२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको हङकङले ७.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो ।

टस जितेर ब्याटिङ गरेको नाइजेरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८१ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment