+
+
Shares

विश्वकप छनोटमा यूएईको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ७ गते २०:०४

७ कात्तिक, काठमाडौं । आयोजक यूएईले आईसीसी टी–२० विश्वकप छनोट क्रिकेटमा नाइजेरियालाई पराजित गरेको छ ।

आज भएको समूह ‘बी’ को खेलमा नाइजेरियामाथि यूएईले पाँच विकेटको सहज जित निकालेको हो । ११२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले १२.३ ओभरमा नै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

यूएईलाई जिताउन जवार फरिदले ५५ र मोहम्मद उस्मानले २० रन बनाए ।

राजधानी अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नाइजेरियाले २० ओभरमा ३ विकेटको क्षतिमा १११ रन बनाएको थियो । सेसन एडेडेजीले अविजित ५१ रन बनाउँदा चिमेजी अनवुजुलिकले अविजित ४६ रन बनाए ।

त्यस्तै, समूह ‘बी’ कै अर्को खेलमा हङकङले क्यानाडालाई ३२ रनले पराजित गरेको छ । १५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको क्यानाडाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ११८ रन मात्रै बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले सात विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?