+
+
Shares

घाइते भएपछि कमल थापाले बीचैमा छाडे खेल

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १० गते १८:४८

१० कात्तिक, काठमाडौं । चीनको सेन्जेन शहरमा शनिबार सुरु भएको आईटीएफ सेन्जेन इन्टरनेसनल सिनियर सर्किटमा घाइते भएपछि राप्रपा अध्यक्ष कमल थापाले खेल बीचैमा छाडेका छन् ।

पिंडौला र तिघ्राको मांसपेशिमा  एकैसाथ गम्भीर समस्या भएकोले थापाले खेल बीचैमा छाडेका हुन् । भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३-० ले जितिरहेको अवस्थामा मांसपेशीमा समस्या देखिएको थियो ।

सो सेट ६-३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बीचमै परित्याग गरेका थिए । पिंडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि थापाले खेल छाडेका राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?