Comments Add Comment

रियल बेटिसलाई हराउँदै ग्रानाडा शीर्ष स्थानमा

११ कात्तिक, काठमाडौं । रियल बेटिसलाई १-० गोलअन्तरले पराजित गर्दै ग्रानाडा स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडाले रियल बेटिसलाई खेलको ६१औं मिनेटमा गोल गर्दै जित हात पारेको हो । यो जितसँगै ग्रानाडा स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ ।

१० खेलमध्ये ६ खेलमा जित, दुई खेलमा बराबरी र दुई खेलमा हार ब्यहोरेको ग्रानाडाको २० अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ९ खेलबाट ६ खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारसँगै १९ अंक छ ।

आइतबार राति नै भएका अन्य खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १-० गोलअन्तरले पराजित गर्दा, सेभियाले गेटाफेलाई २-०, ओसासुनाले भ्यालेन्सियालाई ३-१ र स्पानियोलले लेभान्टेलाई १-० गोलअन्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment