Comments Add Comment

देउसी भैलो सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

११ कात्तिक, गुल्मी । देउसी भैलो टोली सवार ट्याक्टर गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।

आइतबार राति बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल र २९ वर्षीय प्रेम कुमाललाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । गुल्मीमा उपचाररत घाइतेहरुको अवस्था सामान्य छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment