Comments Add Comment

ज्येष्ठ नागरिकहरुले यसरी खेले देउसी-भैलो

सर्वत्र देउसी-भैलोको माहौल छ । गाउँ-शहर, तराई-पहाड, पूर्व-पश्चिम सबैतिर देउसिरे र भैलिनी खेल्नेहरुको लस्कर छ ।

देउसीको असली रौनक चाहि कस्तो हुन्छ ? भट्याउने सिलसिला कस्तो हुन्छ ?

नयाँ बानेश्वरको सहभागिता मार्गमा सहभागी देउसी-भैलो टोलीले यसैको जवाफ दिएका छन् । उनीहरुले परम्परागत ढंगले देउसी भैलो खेलेका थिए । हाम्रा पितापूर्खाले देउसीको प्रचलन कसरी सुरु गरे भन्ने कुराको झल्को त्यहाँ देख्न पाइन्थ्यो । देउसी भैलो परम्परागत शैलीमा विधिपूर्वक खेलिएको थियो ।

रमाइलो त के भने यसरी देउसी भैलो खेल्नेमध्ये अधिकांश ज्येष्ठ नागरिक थिए । उमेरले ६० बर्ष नाघेका बृद्धबृद्धा सडकमा निस्किएर देउसी-भैलो खेल्न थालेपछि त्यहाँ बेग्लै रौनक छाएको थियो । करिब डेढ सयको हाराहारीमा ज्येष्ठ नागरिकले देउसी खेलेका थिए । यसको मेलोमेसो मिलाएको थियो, वाण गंगा समाज सुधार समिति, सहभागिता मार्ग नयाँ बानेश्वरले ।

‘पूर्खाहरुले कसरी देउसी भैलो खेल्थे, हाम्रो संस्कृति कस्तो थियो भन्ने कुरा देखाउनका लागि ज्येष्ठ नागरिकहरुको सहभागितामा देउसी भैलो आयोजना गरिएको हो’ वाण गंगा समाज सुधार समितिका सल्लाहकार ले बताए । अहिले देउसी भैलो खेल्ने नयाँ पुस्ताका लागि मार्गदर्शन होस् भनेर पनि यस किसिमको देउसी भैलो आयोजना गरिएको उनको भनाई थियो । असत्यमाथि सत्यको विजय भएको विभिन्न धार्मिक कथनहरु जोड्दै यदुनाथ गुरागाईले देउसी भट्याएका थिए ।

उक्त देउसी भैलोमा स्थानिय युवायुवतीहरुले नाचगान गरेका थिए । देउसीमा सहभागी ज्येष्ठ नागरिकलाई टोलबासीले फूलमाला र रुद्राक्ष लगाएर स्वागत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment