Comments Add Comment

म्यानचेस्टर सिटी, लेस्टर सिटी र एभर्टन काराबाओ कपको क्वाटरफाइनलमा

१३ कात्तिक, काठमाडौं । म्यानचेष्टर सिटी, लेष्टर सिटी र एभर्टन काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएका आ-आफ्ना खेल जित्दै तीनवटै क्लबले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथहृयाम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्‍यो । सिटीको जितमा सर्जियो अग्युरोले दुई गोल गर्दा निकोलस ओटामेन्डीले एक गोल गरे । साउथहृयाम्पटनका लागि ज्याक स्टेफेन्सले गोल गरे ।

ओटामेन्डीले खेलको २२ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा अग्युरोले गोल गरेपछि सिटी २-० गोलको अग्रतामा रहृयो ।

त्यस्तै, खेलको ५६ औं मिनेटमा अग्युरोले नै गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाएका हुन् । तर खेलको खेलको ७५ औं मिनेटमा स्टेफेन्सले गोल गर्दै साउथहृयाम्पटनका लागि ३-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल सिटीले जितेको हो ।

यसैगरी लेष्टर सिटीले बुर्टोन अल्बियनलाई र एभर्टनले वाटफोर्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । लेष्टरले बुर्टोनलाई ३-१ गोलअन्तरले पराजित गर्ने क्रममा पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दा एक गोल भने खान पुग्यो । लेष्टरको जितमा केलेची हेयनाचो, यउरी टिलेमान्स र जेम्स मोडिसनले गोल गरे । यता, बुर्टोनका लागि लियाम ब्वाइसले गोल गरे ।

खेलको सातौं मिनेटमा केलेची र २०औं मिनेटमा टिलेमान्सले गोल गर्दै लेष्टरलाई २-० गोलको अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा लियामले गोल गर्दै बुर्टोनलाई २-१ ग्ोलको स्थितिमा ल्याए । तर खेलको ८९औं मिनेटमा जेम्सले गोल गर्दै लेष्टर सिटीलाई ३-१ गोलको जित दिलाउँदै क्वाटरफाइनलसम्मको यात्रा तय गराए ।

त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा वाटफोर्डलाई २-० गोलअन्तरले पराजित गर्दै एभर्टन क्वाटरफाइनल पुगेको हो । एभर्टनका लागि मासन हल्गेट र रिचर्लिसनले गोल गरे । खेलको ७२औं मिनेटमा हल्गेट र थप गरिएको अतिरिक्त समयमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २-० गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment