Comments Add Comment

चिकित्सकसँग ढाँट्न नहुने पाँच कुरा

एउटा पुरानो भनाइ के छ भने आफ्नो वास्तविक स्थितिको बारेमा कहिले पनि वकील तथा डाक्टरसंग झुटो बोल्नु हुँदैन । यति हुँदा-हुँदै पनि कतिपय व्यक्तिहरु झुटो बोलिरहेका हुन्छ्न्, खासगरी जब उनीहरु डाक्टरलाई भेट्छन् ।

यस्तो त्यसकारण हुन्छ, किनभने उनीहरु आफ्नो जीवनमा केही कुराहरुका कारण लज्जित महसुस गर्छन् । त्यसो त, तपाईंको डाक्टरले तपाईंलाई अथवा तपाईंको बाँच्ने तरिकालाई न्याय गर्नका लागि बसेका होइनन् । उनीहरु त तपाईंको स्वास्थ उपचार गर्न, तपाईंलाई ठिक बनाउन तथा एउटा स्वस्थ जीवन जिउन सहयोग पुर्‍याउनका लागि तत्पर हुन्छन् ।

त्यसैले, केही त्यस्ता चिजहरु छन् जसका बारेमा तपाईंले डाक्टरसंग कहिले पनि झुटो बोल्नु हुँदैन । यहाँ हामी ती पाँच चिजहरुलाई विस्तारपूर्वक बताइरहेका छन्, जसलाई तपाईंले आफ्ना डाक्टरसंग कहिले पनि लुकाउनु हुँदैन ।

आहार दिनचर्या

तपाईंको आहारले तपाईंको स्वास्थमा ठूलो प्रभाव पार्छ । त्यसो त, अधिकांश व्यक्तिहरु आफूलाई अति नै फिटनेस देखाउनका लागि आफ्नो वास्तविक आहार दिनचर्यालाई लुकाउने प्रयास गर्छन् । एक मात्र व्यक्ति, जसलाई तपाईंले मूर्ख बनाइरहनु भएको हुन्छ, ती तपाईंका आफ्नै हुन् । तपाईंको स्वास्थलाई राम्रो बनाउन तपाईंले कस्तो प्रकारको आहारा लिइरहनु भएको छ भन्ने कुराको वास्तविकता डाक्टरलाई नलुकाइ जानकारी गराउनु पर्छ ।

उमेर

कतिपय स्वास्थ्य समस्याहरु छन्, जुन एउटा निश्चित उमेरका कारण हुने गर्दछन्, जस्तो कि महिलाहरुको रजोनिवृत्ति अथवा जोर्नीहरुको दुखाइ । त्यस्तो अवस्थामा आफ्ना डाक्टरहरुसंग कहिले पनि झुटो बोल्नु हुँदैन, किनभने तपाईंलाई सही तरिकाले सल्लाह दिनका लागि डाक्टरलाई तपाईंको उमेरको बारेमा थाहा पाउनु अनिवार्य हुन्छ ।

चिकित्साको इतिहास

तपाईंको चिकित्सा इतिहासले तपाईंको स्वास्थको विगतलाई दर्शाउँछ । डाक्टर जो भए पनि, तपाईंलाई जस्तो प्रकारको समस्या भए पनि, डाक्टरले तपाईंको मेडिकल इतिहास सोध्छन् । आफ्नो चिकित्सा इतिहासको बारेमा झुटो बोल्नु भनेको न केवल व्यर्थ हो, सम्भावित रुपले खतरनाक पनि हो ।

मानसिक स्थिति

तपाईंले आफ्ना डाक्टरको अगाडि देखावटी गर्नु पर्ने आवश्यकता नै छैन । उल्टो उनले चाहिँ तपाईंलाई आवश्यकता अनुसार सहयोग गर्छन् । त्यसैले, यदि तपाईं नकारात्मक भावनाहरु अथवा चिन्ताहरुसंग सुध्दै हुनुहुन्छ भने त्यसका बारेमा तपाईंले आफ्ना डाक्टरहरुलाई बताउनै पर्छ ।

यौन इतिहास

तपाईंको यौन इतिहासमा तपाईंको पार्टनर पनि सहभागि हुन्छन् । यदि तपाईंलाई एउटा यौन सञ्चारित रोग अथवा असुरक्ष्ँित यौन सम्बन्ध छ भने तपाईंले आफ्ना डाक्टरलाई यो कुरा कहिलेपनि लुकाउनु हुँदैन । यी सबै कुराहरु तपाईंको समग्र स्वास्थ्यको एउटा महत्वपूर्ण अंगहरु हुन् । तपाईंले यसका बारेमा आफ्ना डाक्टरहरुसंग ईमान्दार हुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment