Comments Add Comment

७५ वर्षको अध्ययनको निष्कर्ष : प्रेम नै खुशी हो

वास्तविक आनन्दको सूत्र के हो ? सम्पत्ति, धेरै जनासँगको सम्बन्ध या त प्रेम ? यो प्रश्नको जवाफको लागि हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनले प्रेमलाई नै खुशीको आधार देखाएको छ ।

२००४ मा सम्पन्न भएको यो अध्ययन ७५ वर्षअघि सुरु भएको थियो । यसमा सन् १९७२ देखि सन् २००४ सम्म मनोचिकित्सक जर्ज भेलान्टले नेतृत्व गरेका थिए । यो अध्ययनको लागि कूल २० करोड रुपैयाँ खर्च भयो । यति लामो अध्ययनबाट छोटो निष्कर्ष भने निस्कियो ‘प्रेम नै खुशीको आधार हो ।’

अध्ययनपछि यसका नेतृत्वकर्ता मनोचिकित्सक रोबर्ट वाल्डिनरले खुशीका रहस्यहरुको वर्णन गरे । प्रतिवेदनका अनुसार ‘प्रेम नै खुशीको लागि सबैभन्दा ठूलो हतियार हो । यो जीवनमा अत्यावश्यक छ । जसले हामीलाई खुशी दिन्छ ।’

अध्ययनका क्रममा जो माथि अध्ययन भएको थियो । ती सबैलाई केवल प्रेमले नै वास्तविक सन्तुष्टि दिएको भेटियो । उनी भन्छन् ‘केवल ५ शब्दको निष्कर्षको लागि २० करोड खर्च भयो । त्यो ५ शब्द हो खुशी प्रेम हो, पूर्ण बिराम ।’

अध्ययन अवधिभर शोधकर्ताहरुले रोजगारी, सम्बन्ध र स्वास्थ्यको बारेमा अध्ययन गरेका थिए । जसमा राम्रो सम्बन्धले नै सबैभन्दा ठूलो खुशी दिने निष्कर्ष निस्कियो । निम्नलिखित तीनकुरा अध्ययनको महत्वपूर्ण अंश हो ।

१ नजिकको सम्बन्ध

सो अध्ययनको क्रममा सामाजिक समकक्षलाई व्यवस्थापन गर्नेहरु र एक्लो व्यक्तिलाई विषयवस्तु बनाईएको थियो । जसमा सामाजिक समकक्ष राख्ने पुरुषहरूले परिवार, मित्रहरू र समुदायसँग राम्रो सम्बन्ध राखेका थिए  । उनीहरु बढी खुशी, स्वस्थ र दीर्घायु पनि थिए ।

उता एक्लो व्यक्तिले बढी स्वास्थ्य सम्बन्धी समस्याहरु भोगे भने कम खुशी पनि महसुस गरे । तिनीहरुमा निद्राको समस्या र अधिक मानसिक समस्या पनि धेरै देखियो ।

अध्ययनले आफ्नी आमासँग “न्यानो” बाल्यकालको सम्बन्ध राख्ने मान्छेमा डिमेन्सिया हुने सम्भावना कम देखाएको छ । साथमा त्यस्तामा व्यावसायिक सफलता बढी हुने भेटियो ।

२ सम्बन्धको स्तर

सम्बन्धले मात्रै पनि हामीलाई खुशी गराउन सक्दैन । अध्ययनका अनुसार सम्बन्धमा पनि धेरै असमझदारी र द्वन्द्व हुन्छ भने त्यो सम्बन्धभन्दा एक्लै बस्नेहरु खुशी देखिए । धेरै साथीहरु भएर मात्रै कोही खुशी हुन सक्दैन भन्ने अध्ययनको निचोड हो । बरु एकाध घनिष्ट मित्र नै खुशीदायक हुन्छ भन्ने अध्ययनले देखाएको छ ।

३ वैवाहिक सम्बन्धमा स्थायित्व र सहयोगी

त्यस्तै, धेरै ब्यक्तिसँगको सम्पर्कले राम्रो स्वास्थ्यलाई बढवा दिँदैन । यसले मानसिक समस्या पनि सिर्जना हुने सम्भावना हुन्छ । विवाहित व्यक्तिहरू जसको सम्बन्ध दिगो छ उनीहरुको स्मरण शक्ति ५० वर्षसम्म पनि तन्नेरीहरुको जस्तै हुने देखियो ।

दिगो वैवाहिक सम्बन्ध डिमेन्सियाको जोखिम कम गराउने अचुक उपाय पनि हो । सबैभन्दा आश्चर्यजनक कुरा त हामीहरुले सोचेजस्तो सम्पत्ति कमाउनु नै खुशी प्राप्त होइन । यो तर्कलाई अध्ययनले ठाडै अस्वीकार गरेको छ । बरु दिगो वैवाहिक सम्बन्ध र एक अर्काबीचको सहयोगी भावना माथि नै यसले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment