+
+
Shares

अमिताभ र आयुष्मानको ‘गुलाबो सिताबो’ फ्रेबुअरीमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १४ गते १२:१८

बलिउडमा यतिबेला लोभलाग्दो कथा छनोट गरेर छाएका नायक हुन्, आयुष्मान खुराना । एकपछि अर्को चलचित्रमा उनले गरेको भूमिकाको प्रशंसा हुने गरेको छ । दर्शकले पनि उनको चलचित्रलाई रुचाएका छन् ।

उनै, आयुष्मान अभिनित नयाँ चलचित्र ‘गुलाबो सिताबो’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र सन् २०२० को फ्रेबुअरी २८ मा रिलिज हुने भएको हो । चलचित्रमा आयुष्मानले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेका छन् । अमिताभ र आयुष्मानको गेटअपले पनि चलचित्रप्रतिको कौतुहलता जगाएको छ ।

सुजित सरकारको निर्देशनमा तयार भएको यो चलचित्रले अमिताभ र आयुष्मानविचको प्रेम र घृणाको कथालाई उठान गरेको छ । चलचित्रमा अमिताभको लुक्स सार्वजनिक भएपछि यसले चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?