Comments Add Comment

धादिङमा जीप दुर्घटना हुँदा २४ जना घाइते   

Photo Credit : रासस ।

१४ कात्तिक, काठमाडौं । दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जीप दुर्घटनामा २४ जना घाइते भएका छन् ।

ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जीपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

घाइते मध्ये १३ जनालाई थप उपचारका लागि काठमाडाैं पठाइएको र अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment