Comments Add Comment

सन्दीप सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी

१४ कात्तिक, काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका सर्वाधिक टी–२० क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।

द क्रिकेट मन्थलीले १२ महिनामा विश्वका टी–२० क्रिकेट लिग खेल्ने खेलाडीको सूचीमा सन्दीप शीर्ष स्थानमा छन् । गत सेम्टेम्बर ३० तारिखसम्मको सर्वेक्षणमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आठ देशको टी–२० क्रिकेट खेलेको उल्लेख गरेको छ । सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जाड्रानले पनि आठ देशमा टी–२० क्रिकेट खेलेका छन् ।

क्रिकेट मन्थलीले लेखेको छ, ‘विश्वका टी–२० क्रिकेट लिग प्राय सबै खेलेका छन्, आईपीएल, विग ब्यास, सीपीएल, बीपीएल । १२ महिनामा उनले ११ टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।’

त्यस्तै, सन्दीपले यो १२ महिनाको अवधिमा ९८५ पटक बलिङ गरेका छन् । सर्वाधिक धेरै बलिङ गर्ने खेलाडीमा सन्दीप दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा भने अफगानिस्तानका राशिद खान छन् । राशिदले यो एक वर्षमा १३५५ पटक बलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment