+
+
Shares

तरुण दलले भन्यो- सन्दीपको भनिएको हतियार प्रहरीकै, फिङ्गर प्रिन्ट जाँच होस्

'लोकतन्त्रवादी तरुणहरुलाई दुःख दिने नियत'

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १२:५१

१५ कात्तिक, काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्जका सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियार प्रहरीकै भएको दाबी गरेको छ । प्रहरीले झुठा बहाना बनाएर शाहलाई फसाउन खोजेको तरुण दलको आरोप छ ।

निर्माण व्यवसायीसमेत रहेका शाह नेपाल तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष हुन् । नेपालगञ्ज उपमहानगरपालिका-१३ निवासी सन्दीपसहित दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई बिहीबार राति साढे आठ बजे प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर सन्दीपजंग शाहको साथबाट बरामद भएको भनिएको हतियारको फिङ्ग प्रिन्ट जाँच गर्न माग गरेका छन् । अध्यक्ष बस्नेतले सन्दीपको पक्राउलाई ‘झुठा बहाना बनाइ फसाउने, सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणहरुलाई दुःख दिने नियत’ भनेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपन्च रच्ने षडयन्त्रकारी प्रहरीहरुलाई हदैसम्मको कारबाही गर्न, बरामद गरिएको भनिएको हतियारमा फिङ्गर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ ।’

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले जानकी गाउँपालिका-६, गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष सन्दीप शाहीसहित पाँच जनालाई पक्रेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८ च ४२११ नम्बरको सुजुकी कारको बायाँतर्फको सिटमा फल्स बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिन बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?