Comments Add Comment

आँचल र उदिपको १ बर्ष अघिको त्यो भेट…

नायिका आँचल शर्माको तयारी अहिले चलचित्र ‘झिंगे दाउ’का लागि मात्र छ । यो चलचित्रको लागि अहिले सेट निर्माणको काम अगाडि बढिरहेको छ । यसबाहेक आँचलले नयाँ चलचित्र साइन गरेकी छैनन् । उनी म्यूजिक भिडियोमा नै बढी मस्त छिन् ।

तर, आँचलका सामाजिक संजाल हेर्ने हो भने उनी प्रेमी उदिप श्रेष्ठसँग रमाएकी छिन् । आँचलको खुशी र दुइको तस्वीरले पनि यो कुरा भन्न सकिन्छ । आँचल र उदिपको भेट १ बर्ष अघि भएको हो । यी दुइले त्यो भेटलाई सबैभन्दा खुशीको पल भनेका छन् । आँचल र उदिपले १ बर्ष अघि भेट भएको दिन संझदै यो एक बर्ष निकै नै चाडो बितेको उल्लेख गरेका छन् । यतिमात्र होइन, दुइले जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै यसकारण एकअर्कालाई दिएका छन् ।

आँचलका सामाजिक संजाल अहिले उदिपसँगका तस्वीरले नै भरिएका छन् । उदिप पनि आँचलसँग बिताएको १ बर्षलाई सबैभन्दा सुन्दर भन्न रुचाउँछन् । आँचल र उदिपले यसै बर्ष बिहे गर्ने चर्चा समेत नभएको होइन । तर, यी दुइले यो बिषयमा भने केही पनि बोलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment