 
																			माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लाटर्फममा राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
ट्वीटरले राजनीतिक विज्ञापनमाथि बन्देज लगाउने फैसला गरिरहँदा फेसबुकले चाहीँ आफुले राजनीतिक विज्ञापनमा रोक नलगाउने प्रष्ट पारेको छ ।
राजनीतिक विज्ञापनहरु उम्मेदवार तथा जागरुक समूहहरुका लागि आवाजको एक महत्वपूर्ण हिस्सा भएको दाबी फेसबुकको छ ।
आफूले राजनीतिक विज्ञापनको प्रकाशन गर्ने कुरा आम्दानीसँग मात्र सम्बन्धित नभइ सबैलाई फेसबुकको प्लाटर्फम उपलब्ध गराउने तथा पारदर्शिता कायम गर्ने विषयसँग सम्बन्धित रहेको जिकिर फेसबुकले गरेको छ ।
फेसबुक सिइओ मार्क जुकरबर्गले लगानीकर्ताहरुलाई सम्वोधन गर्दै भनेका छन्, ‘लोकतान्त्रिक समाजमा राजनेताहरु तथा समाचारहरुमाथि कुनै निजी कम्पनीहरुले सेन्सर लगाउने कुरा ठीक हो जस्तो मलाई लाग्दैन ।’
जुकरबर्गले गुगल, युट्युब, केबल नेटवर्क तथा राष्ट्रिय प्रसारकहरुको हवाला दिँदै उनीहरुले समेत यस्ता खाले राजनीतिक विज्ञापन दिइ नै रहेको बताएका छन् ।
आम्दानीको लोभ होइन
राजनीतिक विज्ञापनहरु विशेषगरी उम्मेदवार तथा पैरवी समूहहरुका लागि जरुरी आवाजको एउटा महत्वपूर्ण हिस्सा भएको बताउँदै जुकरबर्गले फेसबुकको यो निर्णय केवल पैसा कमाउने उद्धेश्यबाट प्रेरित छैन । उनले भनेका छन्, ‘मैले तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, एक व्यवसायिक दृष्टिकोणबाट यो राजनीतिक विज्ञापनसँग सम्बन्धित विषयले हाम्रो कूल व्यापारको निकै सानो हिस्सा मात्र ओगट्दछ । मलाई लाग्दछ कि पारर्शिता प्रदर्शनका लागि काम गर्नु उपयुक्त हुन्छ । फेसबुकमा पहिले देखिनै विज्ञापनको सवालमा अत्यधिक पारदर्शिता रहेको छ ।पहिले देखिनै विज्ञापनको सवालमा अत्यधिक पारदर्शिता रहेको छ ।’
स्मरण रहोस् विश्वमा झण्डै २ अर्ब ८० करोड प्रयोगकर्ता रहेका फेसबुक र यस मातहतका अन्य सोसल मिडियाहरुबाट फेसबुकले सन् २०१९ को पहिलो त्रैमासिकमा १७ अर्ब ६० करोड डलर कमाएको छ ।
ट्वीटरका सीईओ ज्याक डर्सी आफैले ट्वीट गर्दै ट्वीटरमा राजनीतिक विज्ञापनमाथि बन्देज लगाइएको घोषणा गरेको केही समयमै फेसबुक सीईओले दिएको प्रष्टीकरणलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । ट्वीटरले राजनीतिक विज्ञापनमाथि रोक लगाउन गरेको निर्णय नोभेम्बर २२ बाट कार्यान्वयन हुनेछ । एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4