Comments Add Comment

तिहारको बिदा छाड्दा ‘घामड शेरे’लाई फाइदा कि घाटा ?

यो बर्षको तिहारमा बिदामा हलमा रहेका ३ चलचित्र नै चले । नेपाली चलचित्र ‘छ माया छपक्कै, पोई पर्यो काले’ र हिन्दी चलचित्र ‘हाउसफुल ४’ले दर्शकको साथ पाए । अझ, मंगलबार र बुधबार दर्शकको उपस्थिती बाक्लो देखियो ।

काठमाण्डौमा बुकिङ खुल्दा ५ शोज मात्र पाएको ‘पोई पर्यो काले’ले क्यूएफएक्स चेनमा आफ्नो शोज बढायो । क्यूएफएक्सको काठमाण्डौ चेनमा ६ शोज पाएपछि चलचित्र ‘घामड शेरे’ पछि हटेको थियो ।
हेमराज वीसी निर्देशित यो चलचित्र कात्तिक २२ अर्थात अर्को साता रिलिज हुँदैछ । यसैले, यो चलचित्रले कात्तिक ८ मा पाएको शोज भन्दा बढी शोज पाउने पक्का छ ।

तर, निर्माणपक्षले कात्तिक ८ गते चलचित्र रिलिज गर्ने भन्दै जुन खालको प्रचार र दौडधुप गरेको थियो त्यो सुस्तायो । यसैले, फेरि कात्तिक २२ गते चलचित्र रिलिज हुँदैछ भनेर दर्शकलाई जानकारी दिन निर्माणपक्षले ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

चलचित्रको ट्रेलर र गीतले पाइसकेको हाइप तिहार बिदासँगै सुस्ताएको छ । अब एक साता मात्र चलचित्र रिलिजका लागि बाँकी रहँदा कात्तिक ८ गते अगाडि पाएको हाइप पाउनका लागि चलचित्रको टिमले मिहिनेत गर्नुपर्ने देखिएको छ ।

तिहारको बिदा छाडेर कात्तिक २२ गते पुगेको चलचित्र ‘घामड शेरे’लाई अब फाइदा होला या घाटा, यसका लागि एक साता कुर्नुपर्छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित यो चलचित्रले खोला विरुद्ध नै मुद्दा हाल्ने एक पुरुषको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment