Comments Add Comment

डोटी दुर्घटना : नौ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

१६ कात्तिक, डोटी । डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा बस दुर्घटना हुँदा घाइते भएका नौ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

शनिवार बिहान महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको माहाकाली यातायातको ना ७ ख ६१८१ नं. को बस दुर्घटनामा हुँदा बाजुरा, बाह्रबिसका ५१ वर्षीय नयाँ सेरालको मृत्यु भएको थियो । दुर्घटनाकम ३३ जना घाइते भएका थिए ।

घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णवहादुर बोहराले जानकारी दिए ।

काठमाडौं पठाइएका घाइतेहरमा नेपाल प्रहरीका हवल्दार मदनवहादुर जेठारा र नेपाली सेनाका जवान उज्जन देवकोटा पनि छन् । गस्तै डोटी बोगटान फुड्सिल गाउँपालिका-५ का खल्लु दियाकोटी, महाकाली नगरपालिका-१, दार्चुलाका मुकेश कुँवर, डोटी के आई सिंह-७ का रेश्मा बिक, आयुष बिक र मैना तिरुवालाई पनि काठमाण्डौं पठाईएको छ । दार्चुलाका  बिक्रम लुहार र अछाम चौरपाटी-५ का ईश्वरी केसीलाई पनि पठाइएको छ ।

एक जना घाइतेको नौ महिनाको बालक र हेरचाहका लागि आफन्तहरुबाट दुई जनालाई पनि पठाइएको बोहराले बताए ।

चिकित्सकहरुले गम्भिर घाइतेहरुको तत्काल सुविधासम्पन्न अस्पतालमा लैजान सुझाएपछि दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले अस्पतालबाटै सुदूरपश्चिमका प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई हेलिकप्टरको व्यवस्था गर्न आग्रह गरेकी थिइन् । मुख्यमन्त्री भट्टको पहलमा सेनाको हेलिकप्टर घाइतेहरुलाई लिन आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment