Comments Add Comment
फोटो फिचर :

छठमय काठमाडौं

१६ कात्तिक, काठमाडौं । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरेका छन् ।

व्रतालुहरू गौरीघाट, कमलपोखरीसहितका नदी र तलाउमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका हुन् । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ ।

नदी र तलाउ किनारहरू छठमय भएका छन् ।

छठमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।

छठपर्व नै यस्तो पर्व हो, जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने गरिन्छ ।

छठपर्वमा सूर्यलाई ‘छठिमाइ’ को रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ । यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको हुनसक्ने विश्वास पाइन्छ ।

छठपर्वमा अर्घ्य दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ ।

त्यस्तै यस पर्वमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरइले पानको पात, कुम्हारले माटोको सामग्रीको व्यवस्थापन गर्ने र डोम जातिले बनाएको बाँसको सामानको प्रयोगले श्रम विभाजनको वैज्ञानिक तथ्य पनि पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment