News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ।
- मलेसियाले तोकेको १० बुँदे मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची १५ नोभेम्बर २०२५ भित्र बुझाउन नेपाललाई पत्राचार गरेको थियो।
- प्रधानमन्त्री सुशीला कार्कीले मापदण्ड प्रारम्भिक चरणमा रहेको र थप कूटनीतिक छलफल गर्ने निष्कर्ष निकालिएको बताउनुभयो।
१७ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाउँदै मलेसियाले तोकेको १० बुँदे मापदडबारे आधिकारिक धारणा माग गरेको हो ।
मलेसिया सरकारले नेपालसहित विभिन्न ५ देशका म्यानपावर व्यवसायीहरूका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । सोही अनुसारको मापदण्ड पूरा गरेका कम्पनीको सूची बुझाउन भन्दै मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाललाई पत्राचार गरेको थियो ।
उक्त पत्रमा मलेसियामा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूको जानकारी माग गरी त्यसका लागि निर्धारण गरिएका १० वटा अनिवार्य शर्तहरू राखेर १५ नोभेम्बर, २०२५ भित्र जवाफ मागेको थियो ।
सोही आधारमा संघका सदस्यहरूसँग समेत छलफल गरी आधिकारिक सुझाव यस मन्त्रालयलाई सात दिनमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । मन्त्रालयले मलेसियाको विदेश मन्त्रालयबाट प्राप्त कागजात पनि संघलाई पठाएको छ ।
गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले समेत मुख्य सचिवसहितसँग छलफल गरेकी थिइन् । छलफलका क्रममा मलेसिया सरकारले पठाएको मापदण्ड प्रारम्भिक चरणमा रहेको र थप छलफल गर्ने निष्कर्ष निकालिएको थियो ।
मलेसियाले पठाएको मापदण्ड कार्यान्वयन नहुने र यसबारे मलेसियासँग कूटनीतिक रूपमा छलफल गर्ने सरकारको निष्कर्ष थियो ।
प्रतिक्रिया 4