+
+
WC Series
पोखरा एभेन्जर्स 2025
141/6 (17.6)
VS
१२ बलमा २५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

डि लिग्टको गोलमा युभेन्टसको जित

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते ७:५९

१७ कात्तिक, काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्टसले टुरिनोलाई १–० गोलअन्तरले पराजित गरेको छ ।

शनिबार विहान भएको खेलमा युभेन्टसले म्याथिज डि लिग्टको गोलमा टुरिनोलाई पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भयो ।

खेलको ७०औं मिनेटमा सेन्टर ब्याक डि लिग्टले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । क्रिष्टियानो रोनाल्डो आबद्ध टिम युभेन्टसले बाँकी समयमा टुरिनोलाई रोक्दै जित हात पारेको हो ।

११ खेलबाट ९ खेलमा जित र दुई खेलमा बराबरी खेलेको युभेन्टसले २९ अंक बनाएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?