+
+
Shares

गोरखामा बम भेटिएको हल्ला फैलिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १७ गते १०:५५
Photo Credit : फाइल तस्वीर

१७ कात्तिक, गोरखा । बमको हल्लाले गोरखामा आइतबार केहीबेर त्रास फैलिएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु  बम नरहेको खुलेको छ ।

गोरखा नगरपालिका–१२, आठकिलोमा आइतबार बिहान नक्कली बम फेला परेको हो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि निरीक्षक नेतृत्वको एक प्रहरी टोली त्यसतर्फ गएको थियो । टोलीले खतरा लेखिएको कार्टुनभित्र बम नभएर माटो र तामाको तार मात्र फेला पारेको नेपाल प्रहरीका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

‘बम भेटिएको सूचना पाएपछि गएको प्रहरी टोलीले खोजी गर्दा उक्त वस्तु बम नभएको खुलेको छ’, एसपी अधिकारीले भने ।

सडकबीचमा शंकास्पद वस्तु भेटिएपछि त्रस्त बनेको जनजीवन अहिले सामान्य बनेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?