
नायिका ऋचा शर्माले बिहेको तयारी गरेकी छिन् । केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन् । ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ ।
यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ब्याचलर पार्टी दिएकी छिन् । ऋचाले आयोजना गरेको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए ।
पार्टीमा उनीहरुले मस्ती गरेको तस्वीर सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राममा ऋचाको ब्याचलर पार्टीमा सहभागी भएको उल्लेख गरेकी छिन् । ऋचा केही समयदेखि दिपेक्ष्य राणाको प्रेममा छिन् । ललितपुरमा रहेको लबिम मलका म्यानेजर समेत रहेका राणासँग ऋचाको प्रेम चर्चा केही समयदेखि चल्दै आएको छ ।
ऋचा चलचित्र ‘हिजो आजका कुरा’मा काम गर्दैछिन् । योसँगै अब उनी बिहेको तयारीमा पनि देखिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4