Comments Add Comment

बुर्ज खलिफाबाट साहरुखलाई जन्मदिनको शुभकामना

विश्वको सबैभन्दा अग्लो टावर दुबइको बुर्ज खलिफाबाट बलिउडका नायक साहरुख खानलाई जन्मदिनको शुभकामना दिइएको छ । शनिबार बेलुकी साहरुख अभिनित चलचित्रको गीतसँगै बुर्ज खलिफामा करिब १ मिनेट लामो भिडियो प्ले भएको थियो । जसमा ‘ह्याप्पी बर्थ डे किङ अफ बलिउड साहरुख खान’ लेखिएको थियो ।

विश्वकै अग्लो टावरबाट साहरुखलाई जन्मदिनको शुभकामना आइरहँदा धेरैले उनको स्टारडमको चर्चा समेत गरेका छन् । यसअघि भारतको स्वतन्त्रता दिवस, महात्मा गान्धीको जन्मजयन्ती र २.० चलचित्रको प्रमोशनका क्रममा मात्र बुर्ज खलिफामा भिडियो प्ले भएको थियो ।

कुनै पनि कलाकारलाई विश्वकै अग्लो टावरबाट पहिलो पटक शुभकामना दिइएको हो । नायक साहरुख खानले शनिबार आफ्नो जन्मदिन आफ्ना फ्यानहरुसँग मनाए । साहरुखको घर अगाडि शुक्रबारदेखि नै फ्यानको भिड लागेको थियो । साहरुखले घर अगाडि शुभकामना दिन पुगेका हजारौ फ्यानलाई २ पटक अभिवादन गरेका थिए ।

उनले, शनिबार बेलुका करिब ६ सय भन्दा बढी फ्यानसँग जन्मदिनको केक काटेका थिए । सो अवसरमा साहरुखले नयाँ चलचित्रको बिषयमा भने–‘म अहिले केही कथामा काम गरिरहेको छु । केही महिनामा नै चलचित्रको केही बिषयवस्तुसँगै यसको घोषणा हुनेछ ।’

जन्मदिनमा साहरुखले चलचित्रको घोषणा गर्ने अपेक्षा धेरैले गरेका थिए । साहरुखले यो बिषयमा भने–‘मलाई थाहा छ, तपाइहरु मेरो नयाँ चलचित्रको प्रतिक्षा गरिरहनुभएको थियो । तर, मलाई यो पनि थाहा छ कि, जुन दिन मैले चलचित्रको घोषणा गर्नेछु सो दिनलाई नै तपाइहरुले मेरो जन्मदिन भन्दा कम बनाउनुहुने छैन ।’

बलिउडमा करिब ३ दशक बिताएका साहरुखलाई ‘किङ, बादशाह’ जस्ता उपनामले पनि चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment