Comments Add Comment

राम्रो सम्बन्ध र खुशीको ‘कनेक्सन’ कहाँ ?

हाम्रो जीवन यन्त्र जस्तै नियमित हुँदैछ । दैनिकीमा कतैपनि क्रमभंगता गर्ने सम्भावना छैन । दैनिक जीवन नै कार्यालय जान र त्यही काममा नै व्यतित हुने गरेको छ । बिहान उठ्यो कार्यालय गयो, कार्यालयबाट घर फर्कियो । दिनभरी अफिसको तनाव लियो । घरमा फर्किएपछि पनि त्यसैको गृहकार्यको चिन्ता । कार्यालयको कामकै कारण परिवारलाई समय दिन सकिँदैन । कार्यालय जान र त्यहाँको काम गर्नकै लागि जीवन जिउने गरेको जस्तो हुने गरेको छ, हाम्रो दैनिकी ।

कार्यालयको समय मिलाएर परिवारलाई समय दिए त ठिकै हो । अन्यथा हाम्रो घरबार पनि यही व्यस्त दैनिकीले बिगार्ने गरेका कैयौं उदाहरणहरु पाइन्छ । त्यसैले हामीले आफ्नो जीवनलाई हाँसिखुशी बनाउनको लागि केही कुरामा ध्यान दिनुपर्छ ।

जीवनलाई धेरै गम्भीरतासाथ नलिनुहोस्

कतिपय मानिसहरूले जीवनलाई गम्भीरताका साथ लिने गर्र्छन् । तिनीहरू जीवनमा थोरै उतारचढाव पनि स्वीकार गर्न असमर्थ हुन्छन् । कुनै व्यक्तिको व्यक्तित्व यस्तो हुनुपर्छ कि ठूला ठूला आँधीले पनि उसको दिमागलाई बिचलित गर्न नसकोस् । कुनै विषयमा झगडा गर्नुको साँटो त्यो कुरालाई हाँसेर टार्ने गर्नुपर्छ । यस्तो हुँदा कहिलै पनि सम्बन्धमा गाँठो पर्दैन । साथमा प्रसन्नताको साथमा जिन्दगी पनि चल्ने गर्छ ।

धन्यबाद ज्ञापन जरुरी

एक अध्ययनका अनुसार तपाईं जुन कुरामा खुशी हुनुहुन्छ । त्यो कुरालाई आफ्नो मोबाइलमा वा डायरीमा लेख्नु होस् । तत्कालको लागि यसले केही नोक्सानी नगरे पनि पछि आउने दिनहरुमा तपाईंमा यसले खुशी पैदा गर्ने गर्छ । आपसी सम्बन्धका साथसाथ स्वास्थ्यको लागि समेत यो फाइदाजनक हुने गर्छ । कसैले हामीमाथि नराम्रो गरेको छ भने त्यही विषयलाई लिएर हामी कैयौं समय त्यसैमा चिन्तित हुन्छौं । यसबाट हाम्रो व्यवहार पनि ऊप्रति कठोर हुन्छ ।

यसले सम्बन्धमा कटुताको सम्भावना बढाउँछ । त्यस्तो बेलामा तपाईंले मोबाइल वा कापीमा लेखेका पहिले त्यो साथीले गरेका मद्दतका कुराहरुलाई दोहो¥याएर पढ्न सकिन्छ । यसले हाम्रो दिमाग धेरै कुल हुन्छ । हामी अधिक सन्तुलित र परिपक्व तरिकाले त्यो परिस्थितिलाई गुजार्न सक्छौं । एक अध्ययन अनुसार सम्बन्धमा एक–अर्काप्रति कृतज्ञता कायम गर्ने दम्पतीबीच सम्बन्ध विच्छेदको सम्भावना कम हुनेगरेको देखियो ।

गहिरो सम्बन्ध महत्वपूर्ण छ

जब तपाईं कुनै विश्वासघात बिना कसैसँग हृदय जोड्नु हुन्छ । उसको दुखलाई आफ्नो दुखको रुपमा महसुस गर्नुहुन्छ र आफ्नो मनको सबैकुरा उसलाई सुनाउनु हुन्छ । त्यतिबेला तपाईंको दिमाग एकदम हल्का हुन्छ । जब तपाईं केही व्यक्तिहरूसँग गहिरो सम्बन्ध राख्नुहुन्छ । उनीहरूले तपाईंको दुःखलाई आधा र खुशीलाई दुई गुना गर्ने गर्छ । यस्तो सम्बन्धमा, कुनै औपचारिकता छैन तर परिचितता हुन्छ ।

सामाजिक सञ्जालमा बढ्दो हस्तक्षेप

काममा व्यस्तताका बाबजुद हिजोआजको सम्बन्धमा दुरी बढ्नुको खास कारण हो सामाजिक सञ्जालको बढ्दो हस्तक्षेप । आजकलका मानिसहरू ग्याजेटको संसारमा यति व्यस्त छन् कि उनीहरू आफू वरपरका मानिसहरूकाबारे वास्ता समेत गर्न भ्याउँदैनन् । आजकल काल्पनिक संसारको सम्बन्ध वास्तविक सम्बन्धभन्दा बढी सुरू हुन थालेको छ । तिनीहरू यसैगरी व्यस्त छन्, तर खुसी छैनन् । वास्तविक खुशी र स्वास्थ्यको रहस्य जान्न, हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले अहिलेसम्म सबैभन्दा विस्तृत र लामो अनुसन्धान गरेका छन् ।

‘हार्वर्ड स्टडी अफ एडल्ट डेभलपमेन्ट’ नाम गरेको यो अध्ययन १९३८ देखि सुरु भएको थियो । जसमा ८०० भन्दा धेरै मानिसको जीवनको हरेक पहलको अध्ययन गरिएको थियो । करिब ८ दशकसम्म चलेको यो अध्ययनमा ३ समूहका मानिसहरुलाई जोडिएको थियो । पहिलो समूहमा २६८ जना उच्च शिक्षित स्नातकहरु थिए । दोस्रो समूहमा ४५६ जना थिए । जो बोस्टनका करिब इलाकाका केटाहरु थिए । यो विपरित परिस्थितिमा रहेका थिए । तेस्रो समूहमा ९० जना महिलाहरुलाई लिइएको थियो । वर्षाैंसम्म यिनीहरुको जीवनको व्यापक अध्ययनपछि जो निष्कर्ष सामने आएको थियो कि राम्रो सम्बन्ध नै हाम्रो लागि स्वास्थ्यबद्र्धक हुने गर्दछ ।

यहाँको राम्रो सम्बन्धको अर्थ गहिरो र बलियो सम्बन्ध हो । एक्लोपनाले हामीलाई निराश र उदासीनता बनाउँछ । जबकि सम्बन्धको मिठासले दुख कम गर्न मद्दत गर्छ । यसको लागि सम्बन्ध धेरै हुनुपर्छ भन्ने छैन । तर, सम्बन्ध जस्तोसुकै भए पनि यो कडा र गहिरो हुनुपर्दछ । चाहे तपाईं आफन्तहरू वा साथीहरूसँग जडित हुनुहुन्छ, सम्बन्धको जग बलियो हुनुपर्छ ।

क्षमा गर्न सिक्नुहोस्

अनावश्यक रूपमा कसैमा तीतोपन पोख्नुले हाम्रो सम्बन्धलाई कमजोर बनाउँछ । यसले हाम्रो मानसिक स्वास्थ्यको लागि खतरा थप्ने गर्छ । यस्तो अवस्थामा  सबै गल्तीहरू बिर्सने र मानिसहरूलाई हृदयदेखि नै क्षमा दिन सिक्नु राम्रो हुन्छ । यसले गर्दा दिमागमा शान्ति र जीवनमा उत्साह उत्पन्न हुने गर्छ ।

धोका नदिनुहोस्

पैसा, शंका आदिलाई सम्बन्धमा आउन नदिनुहोस् । प्रेम गर्न धेरै गाह्रो छ । सम्बन्धहरू बिस्तारै बलियो हुँदै जान्छ । यदि तपाईंले केही रुपैयाँको लागि आफ्ना साथीहरुसँग बेइमानी गर्नुभयो भने वा उसको विश्वास तोड्दै हुनुहुन्छ भने त्यसले सम्बन्ध कमजोर बनाउँदै लैजान्छ । त्यसैले कसैलाई पनि धोका दिनु हुँदैन । यस बाहेक पनि अरुलाई मद्दत गर्ने, आफ्नो अहंकारलाई माथि उठ्न नदिनु, अपेक्षाहरु कम राख्नु आदिले पनि कुनैपनि सम्बन्धलाई दीर्घजीवन दिन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment