Comments Add Comment

रातिको खानापछि फलफूल खानु उचित कि अनुचित ?

हामीमध्ये अधिकांश व्यक्तिलाई रातिको खानामा केही मिठो अथवा गुलियो खानेकुरा खान मन लाग्छ । स्वभाविकै हो, यदि तपाईं आफ्नो शरीरको वजन कम गर्न थाल्नु भएको छ भने गुलियो खाने तलतललाई कुनै फलफूलबाट पुरा गर्नु पर्नेछ । फलफूलहरु प्रायः स्वास्थ्यवद्र्धक, रसिलो, पोषणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गुणा उत्कृष्ठ हुन्छ । त्यसो त, सधैं के कुरामा बहस हुन्छ भने राति फलफूल खानु कत्तिको सही हो ?

यस्तो छ मान्यता

आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन । प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ । यदि तपाईंले फलफूल तथा खाना एक साथ खानु भयो भने तपाईंको शरीरले पहिला फलफूललाई पचाउँछ र त्यसपछि खानालाई पचाउँछ । जसका कारण पेट खराब हुने समस्या हुनसक्छ र साथै तपाईंको शरीरले खानाको आवश्यक पोषणको फाइदा पनि उठाउन पाउँदैन ।

यहाँनेर, कतिपय मानिसहरुको भनाइ के छ भने सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ । तर, वास्तविकता त्यसको ठिक विपरित हुन्छ । फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ । जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।

कुन फल खाने ?

तपाईंले सुत्नुभन्दा अघि कुन फल खाने भन्ने कुरामा पनि ध्यान दिनु अनिवार्य छ । राति प्लेटभरीको फलफूल खानु हुँदैन । यदि तपाईंलाई गुलियो नै खान मन छ भने फलफूलको एक–दुई टुक्रामात्रै लिनु पर्छ । जसमा चिनीको मात्रा कम तथा फाइबर बढी होस् । जस्तो तरबुजा, नासपाती अथवा किबीजस्ता फलफूल खान सकिन्छ । राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल सेवनको बीचमा कम्तिमा ३० मिनेटको ग्याप हुनैपर्छ । यदि सम्भव भयो भने फलफूललाई तपाईंले रातिको खाना खानुभन्दा एक घण्टा अघि नै सेवन गर्नसके अझ राम्रो हुन्छ । यसो गर्दा पाचन तन्त्रले दुबै प्रकारका खानालाई राम्ररी पचाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment