Comments Add Comment

गुल्मीमा भेटिएका ३ वटै शवको पहिचान हुन सकेन

Photo Credit : घटनास्थलको अध्ययन गर्दै प्रहरी ।

१८ कात्तिक, गुल्मी । शनिबार गुल्मीमा एकै ठाउँमा भेटिएका ३ वटै शवको पहिचान हुन सकेको छैन । चन्द्रकोट गाउँपालिका- ३ पोखरीको जंगलमा भेटिएका शवको अझै पहिचान नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले बताए ।

शवको टाउकोमा गम्भीर चोट छ । घटनास्थल नजिकै हम्मर (घन) भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमपछि धेरै दिन गुल्मी अस्पतालमा राख्न समस्या भएपछि पाल्पा अस्पताल पठाइएको छ ।

प्रहरीले शव पहिचानको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरेको छ । तर, अहिलेसम्म कोही सम्पर्कमा आएका छैनन् ।
शवको पहिचानका साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । पोष्टमार्टम रिपोर्ट आएपछि केही कुरा खुल्ने सक्ने उनले बताए ।

तीन वटा शव मध्ये एउटा २८/२९ वर्षे महिला र र २ वटा ८ देखि १० वर्षका बालिकाको रहेको प्रहरीले बताएको छ ।

कच्ची सडकभन्दा ४ मिटर टाढा महिलाको शव भेटिएको थियो भने एक/एक मिटर टाढा दुई बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु मंगोलियन अनुहारका छन् ।

शव फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टापछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान बाग्लुङ जिल्ला नजिक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment