Comments Add Comment

दुर्घटनामा बाबु-छोरीको मृत्यु प्रकरण : बस चालकको लापरबाही

१८ कात्तिक, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु हुने गरी भएको दुर्घटनाको कारण बस चालकको लापरबाही भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

सडकको लेन मिचेर तीब्र गतिमा चालकले बस चलाएका कारण दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए । अनुसन्धानका क्रममा बस चालकको गल्ति देखिएको उनले बताए ।

यो पनि पढ्नुहोस सवारी दुर्घटनामा परी डाक्टर बाबु र नर्स छोरीको मृत्यु

सोमबार बिहान कोशी राजमार्गको बुढीगंगा गाउँपालिका–१ खण्डमा को १ ख ७२३२ नम्बरको बसको ठक्करबाट को २७ प १०२२ नम्बरको मोटरसाइकलमा सवार ५२ वर्षीय डाक्टर शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको थियो । बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए ।

ठक्करपछि भागेको गाडी निमुवा प्रहरी चौकी पुगेर रोकिएको थियो । प्रहरीले बस र बस चालक सराह धनगढी नगरपालिका– १२ घर भएका चालक सञ्जिव खत्रीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment