+
+

भारतको नक्शामा नेपाली भूभाग परेको भन्दै राप्रपाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १४:०८

१९ कात्तिक, काठमाडौं । भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ ।

ती भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि निरन्तर विरोध गर्दै आएको भन्दै राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसंग माग गरेको  छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?