+
+

झापाबाट ४९ वटा गोरु भारततर्फ तस्करी गर्दैगर्दा दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १५:१२

१९ कात्तिक, बिर्तामोड । प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४९ वटा गोरुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, विर्तामोड र प्रहरी चौकी, सुरुङ्गाबाट खटिएको टोलीले कनकाई नगरपालिका–३, तुलसीबारीबाट वीरबहादुर थिङ र नवलपरासीका विजय चौधरीलाई मंगलबार पक्राउ गरेको हो ।

विर्तामोडका डीएसपी मोहनकुमार थापाका अनुसार पक्राउ परेका दुवै जना ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रकका चालक हुन् ।

पक्राउ परेका व्यक्तिसहित ट्रक चालकलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा पठाइएको थापाले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानले गोरुबहरु नवलपरासीबाट ल्याइएको देखिएको छ ।

नवलपरासीका प्रमोम यादवले कनकाई–३ का रमेश खरेललाई बुझाउने गरी गाइगोरु पठाइएको भेटिएको थापाले बताए ।

पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसूर अन्तर्गत कारबाही हुनसक्छ । जसअनुसार कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्‍याए ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यो कार्य पशु ढुवानी मापदण्ड, २०६४ विपरित समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?