+

मेयर कप टेबलटेनिस हुने

२०७६ कात्तिक  १९ गते १८:४२ २०७६ कात्तिक १९ गते १८:४२
मेयर कप टेबलटेनिस हुने

१९ कात्तिक, काठमाडौं । ललितपुर जिल्लाव्यापी दोस्रो मेयर कप टेबलटेनिस प्रतियोगिता कात्तिक २३ गतेदेखि हुने भएको छ ।

ललितपुर जिल्ला टेबलटेनिस संघ र इतिल्हन युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

कुल नगद पुरस्कार राशी १ लाख १४ हजार रुपैयाँ रहेको प्रतियोगिताका खेलहरु नाग बहालमा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । त्यसमा वडा ६ ले २ लाख रुपैयाँ सहयोग गर्ने वडा ६ का अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय