Comments Add Comment

दराजको ११.११मा ३ लाखभन्दा बढी सामानमा छुट

१९ कात्तिक, काठमाडौं ।  दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एक दिनको सेल) यहि कार्तिक २५ गते (नोभेम्बर ११)को मध्यरात बाट सुरु हुने घोषणा गरेको छ ।

नोभेम्बर ११ को दिन चीनमा सिंगल्स डे भनेर त्यस दिन एकलतालाई मनाइन्थ्यो तर अलिबबा ले २००९ मा आफ्नो शपिङ प्ल्याटफर्म टी मलमा भारि छुट दिने भनेर ११.११ को आयोजना गरेदेखि सबै बदलियो ।

यो मेगा सेल अहिले विश्वव्यापी रुपमा एक मनोरञ्जनात्मक सेल डे को रुपमा अलिबाबासँग सम्बधित सबै देशहरु तथा दराजले व्यापार गर्ने देशहरुमा आयोजना हुने गर्दछ ।

फलस्वरूप अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो जसले नेपालको अनलाइन क्षेत्रमा ठूलो प्रभाव पार्यो ।

उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुना बढि व्यापार देखेको थियो साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । र यसपालीको ११.११ सेल अझै ठूलो हुने भएको छ – दराजले यसपाली ३ लाख भन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लिएर आउनेछ साथै ३.५–४ लाख भन्दा बढि प्रयोगकर्ताहरूको सहभागीता हुने अनुमान रहेको छ।

एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, ‘गत सालको ११.११ सेलमा हामीले भारी प्रतिक्रिया पायौं र हामीले धेरै कुराहरु पनि सिक्यौं की कसरी यसलाई झनै राम्रो बनाउन सकिन्छ । तथापी ३००० भन्दा बढी बिक्रेताहरु, ५ बैंकहरु, र झनै बिकसीत वितरण प्रवीधीका साथ यो ११.११ लाई झनै राम्रो र भव्य बनाउँदै छौं । अहिले सम्म भएका अभियानहरुबाट सिकी हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्नसक्छौं भन्ने विश्वास राख्दछौं ।’

यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली (YAMAHA RAY ZR STREET RALLY), इन–एप गेमहरु, डेबिट/क्रेडिटमा छूटहरु, शेकशेक, मेगा भाउचरहरु, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, दराज साथी, अर्ली बर्ड अफरहरु, बण्डल अफरहरु, फ्लेश सेल, र यस लगायत अन्य धेरै अफरहरु पनि छन् ।

छुटाउनै नहुने भनेका बैंकिङ्ग पार्टनरहरुले दिने छूटहरु हुन् । उपभोक्ताहरुले दराजको ५ बैंकिङ्ग पार्टनरहरु नविल, नेपाल इन्भेष्टमेण्ट, सानिमा, मेगा, स्ट्यान्डर्ड बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा रु ३,५०० सम्मको छुट पाउनेछन् ।

प्रेस विज्ञप्तीमा दराजका चिफ अपरेटिङ अफिसर (सीओओ) बिमल अर्यालले दराजले उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न घेरै तयारीहरु गरीनैरहेको बताए । उनले वितरण समय बढ्न सक्ने जानकारी पनि गराए । अर्यालले भने, ‘११.११ सेलमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराज ले ४०० थप दराज हीरोहरु (डेलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर एजेन्टहरु थपेको छ ।’

३००० बिक्रेताहरुलाई ११.११ सेलको पूरै लाभ पुगोस भनेर दराजले बिक्रेताहरुलाइ निःशुल्क ट्रेनिङ पनि दिँदै आएको छ । साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ ।

म्यारियट होटेलमा आयोजित प्रेस मिटमा उपस्थित नबिल बैंकका सीइओ अनिल शाहले भने, ‘पहिले सुपरमार्केटहरु नयाँ हँदा मानिसहरुले त्यहाँ पाउने सामानको गुणस्तर र मोल माथि धेरै प्रश्न र संका गर्थे । तर अहिले मानिसहरु प्राय जसो जे किन्न पनि सुपरमार्केट नै जान्छन र यो परिवर्तन आउन धेरै समय लग्यो । तर दराज को सफलतालाई हेर्दा अनलाइन शपिङ नयाँ भए पनि हाम्रो समाजले अपनाउँदै गएको देखिन्छ । यसरीनै उपभोक्ताहरुको मन जित्दै गए नेपालीहरु अनलाइन शपिङलाई पुरैनै अपनाउनेछन् ।’

अहिलेसम्म भएका सबै परीवर्तन, सुधार, सफलता, र अनुभव बटुली दराजले यस वर्ष को ११.११, एक दिनको सेल अहिले सम्मकै सबैभन्दा ठूलो र उत्कृष्ट बनाउने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment